“जल जीवन मिशन – हर घर जल” परियोजनाबारे केन्द्रीय जलशक्ति मन्त्रीसित सांसद राजु बिष्टको भेट

00-1-IMG-20230316-WA0171

सिलगढी: हर घर जल परियोजनामा घोटालाको आरोप सांसद राजु बिष्टले लगाएका छन्l यस विषयलाई लिएर उनले केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतई भेटेर दार्जीलिङ र कालेबुङ जिल्लाहरूमा “जल जीवन मिशन – हर घर जल” परियोजनाहरूमा घोटालाबारे जानकारी गराएको बताएका छन्। उनले विज्ञप्तिमा यसो भनेका छन्, ‘मैले उनलाई ५० पृष्ठको दस्तावेज दिएको छु, जसमा सम्पूर्ण निर्वाचन क्षेत्रमा भइरहेका धाँधलीहरूका लिखित गुनासोहरूसहितको तस्वीर र भिडियोहरू प्रमाणस्वरूप गाभिएका छन्l’ ‘दार्जीलिङ अनि कालेबुङ जिल्लाहरू पहाड़ी इलाकामा पर्ने हुँदा त्यहाँका नाजुक पारिस्थिकी तन्त्र एवं पर्यावरण, तथा भौगोलिक अवस्थाहरूबारे जानकारी गराएँ। हाम्रो क्षेत्रमा धेरै अधिक मात्रामा वर्षा हुन्छ, अनि नियमित रुपमा पहिरो जाने गर्दछ। तसर्थ, पानीका ट्याङ्कहरूको निर्माण गर्दा, पानीका पाइपहरू बिछ्याइँदा, र पाइपका मार्गहरूको निर्धारण गर्दा उच्चतम मापदण्डको इन्जीनियरिङको खाँचो पर्दछ। तर, यी सबै महत्त्वपूर्ण कुराहरूमाथि पटक्कै ध्यान दिइएको छैन भनि बताएँ’, उनले विज्ञप्तिमा भनेका छन्। 

About Author

Advertisement