जलवायु परिवर्तन रोक्न प्रतिबद्ध बन्नका लागि जी-२० ऊर्जा मन्त्रीहरूलाई प्रधानमन्त्रीको सन्देश

00-1-PM-Modi-2-3

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भने, ‘भारत तीव्र गतिमा बढ़्दो अर्थव्यवस्था र विश्वकै सबैभन्दा अधिक जनघनत्व भएको देश हो। तथापि भारतले जलवायु परिवर्तनमाथि आफ्नो प्रतिबद्धताको दिशामा समर्पित प्रयास गरिरहेको छl’ प्रधानमन्त्रीले यो सन्देश जी-२०  ऊर्जा मन्त्रीहरूको बैठकमा दिएका हुन्। प्रधानमन्त्रीले आफ्नो भीडियो मार्फत भने, ‘भारत हरित विकास र ऊर्जा परिवर्तनको दिशामा प्रयासरत् छ। जलवायु परिवर्तनलाई रोक्ने दिशामा वैश्विक प्रयासहरूको अंगको रूपमा भारतले पहिला नै कतिपय लक्ष्यहरू हासिल गरिसकेको छ। भारतले आज सौर एवं पवन ऊर्जाको क्षेत्रमा वैश्विक नेतृत्व गरिरहेको छ। गैरजीवाश्म आधारित ऊर्जा उत्पादन क्षमतालाई भारतले आगामी वर्ष २०३० सम्ममा आफ्नो ऊर्जा आवश्यक्ताको हिसाबले ५० प्रतिशतसम्म पुऱ्याउनेछ।

सबैको लागि स्वच्छ ऊर्जासम्म पहुँच सुनिश्चित गर्ने दिशा तर्फ भारतका प्रयासहरूको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले अघि भने, ‘लचिलो, समानता पूर्ण एवं दिगो ऊर्जा सबैलाई उपलब्ध गराउने दिशामा प्रयास गरिँदैछ। पछिल्लो वर्ष २०१५ मा हामीले दुनियाँकै सबैभन्दा ठूलो एलईडी लाइट वितरण कार्यक्रम शुरू गरेका थियौं। भारतले नौ वर्षभित्रमा १९ करोड़ परिवारहरूलाई एलपीजीसित जोड़ेको छ। हामीले सबै गाउँहरूमा बिजुली पुऱ्याउने ठूलो लक्ष्यलाई पनि हासिल गरेका छौंl’ –हिस

About Author

Advertisement