जलवायु परिवर्तन एवम् युवा सशक्तिकरण विषयक राष्ट्रिय सङ्गोष्ठीमा भाग लिन सोनादा डिग्री कलेजका तीनजना विद्यार्थीहरु दिल्ली प्रस्थान

IMG-20250408-WA0206

सोनादा: विश्वमा देखापरेको जलवायु परिवर्तन एवम् राष्ट्र निर्माण सम्बन्धी सीएनएन १८ द्वारा दिल्लीमा आयोजित राष्ट्रिय सङ्गोष्ठीमा भाग लिन सोनादा डिग्री कलेजका तीनजना विद्यार्थीहरू मानव राई, साइना राणा, जिया तामाङ सोनादा आठ माईलस्थित टिडीका निर्देशक उत्सव प्रधान, प्रोजेक्ट संयोजक गायत्री राईको साथमा टिडीकै प्रायोजनामा बाघडुग्रा विमानस्थलदेखि हवाई मार्ग भएर दिल्ली प्रस्थान गरे। तीनैजना विद्यार्थीहरूले दिल्लीमा सम्पन्न हुने उक्त संगोष्टीमा एवम् प्रशिक्षण शिविरमा जलवायु परिवर्तन एवम् पर्यावरण संरक्षण सम्बन्धी विषयमा आफ्नो वार्ता प्रस्तुत गर्नेछन् अनि यस सम्बन्धी प्रशिक्षण शिविरमा भाग लिनेछन्। कलेजका वेस्ट म्यानेजमेन्ट कमिटीका सदस्याहरू प्रा डिच्छेन यल्मो, प्रा बिन्दिया गुरुङ र प्रा प्रवीणा लोहारको विशेष सक्रियतामा टिडी र सोनादा डिग्री कलेजको सहकार्यको आधारमा गत वर्षदेखि कलेजलाई फोहोरमुक्त कलेज बनाउन प्रयासरत रहेकन छन्। राष्ट्रिय स्तरको कार्यक्रममा यसरी सोनादा डिग्री कलेजको विद्यार्थीहरुले पनि सहभागी बन्ने
सुअवसर पाएकोमा कलेजका शिक्षक प्रभारी डा रागिनी थापाले विद्यार्थीहरूलाई बधाई दिएका छन् भनी सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।

About Author

Advertisement