जलपाईगढी चट्याङले एक जनाको मृत्यु

IMG-20240516-WA0224

जलपाईगढी: जलपाईगढीमा  चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि गुर्जुङ झोडा चिया बगानमा शोक छ। स्थानीय स्रोतका अनुसार बिहीबार कडा घाम लागेपछि दिउँसो यस चिया बगान नजिकैको क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी परेको थियो। त्यतिबेला रंगामाटी ग्राम पञ्चायत गुर्जुङ ढोरा चिया बगानका विष्णु नाइक बाख्रा चराउन खेतमा गएका थिए। मेघ गर्जनसहित पानी परिरहेको थियो। चट्याङले विष्णु घटनास्थलमै जलेर भुइँमा लडे। गाउँलेहरूले तत्कालै विष्णुलाई माल सुपर स्पेशलिटीमा लगे जहाँ ड्युटीमा रहेका डाक्टरले विष्णु नायकलाई मृत घोषणा गरे। यो दु:खद घटनापछि डुवर्सको गुर्जुङ झोरा चिया बगानमा शोकको माहौल छ। पुलिसले पोस्टमार्टमको प्रक्रिया शुरु गरेको छ।

About Author

Advertisement