जलपाइगढीः एकातिर जय श्री रामको नारा। अर्कोतर्फ तृणमूलको सद्भावना ऱ्याली । धर्म फरक हुन सक्छ तर उत्सव सबैको हुन्छ। यही नारालाई अगाडि राख्दै जलपाइगढी जिल्ला तृणमूलले सोमबार दिउँसो जलपाइगढी सहरमा सद्भावना ऱ्यालीको आयोजना गरेको थियो। यस दिन तृणमूलको जुलुस जिल्ला बीजेपी कार्यालय नजिकै पुग्दा एकातिर जय श्री राम र अर्कोतर्फ जय बंगलाको नारा लगाइएको थियो ।










