कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ जयन्ती स्टेशनमा शनिबारदेखि १७औँ बर्ड वाचिङ एवम् तेस्रो बटरफ्लाई अनि मथ वाचिङ शिविरको उद्घाटन भयो। उक्त अवसरमा उत्तरबंगालका अतिरिक्त पीसीसीएफ उज्वल घोष लगायत बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरोक्टर तथा आईएफएस अपूर्व सेन डीएफडी आईएफएस प्रवीण कासवान एवम् १० भन्दा अधिक चरा अनि पुतली विशेषज्ञ एवम् ३० भन्दा अधिक बर्ड औ बटरफ्लाई वाचरहरुको सहभागिता रहेको हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेशनका प्रोग्राम कोर्डिनेटर अनिमेष बसुले जनाएका छन्।
आज अपरान्ह समयदेखि शिविरको उद्घाटन भएको र यो आगामी ९ मार्चसम्म सम्पन्न हुने बताईएको छ। बक्सा ब्याघ्र प्रकल्पको विभिन्न ट्रेलहरुमा विभिन्न प्रजातिको चरा औ पुतली एवम् मथहरुको अध्यन साथै नयाँ प्रजातिको चरा, पुतली एवम् मथहरुको अनुसन्धान पनि यस शिविर मार्फत हुने आशा गरीएको अनिमेष बसुले जनाएका छन्। शनिबार उक्त शिविरको उद्घाटन समारोहमा उत्तरबंगालका अतिरिक्त पीसीसीएफ उज्वल घोष लगायत बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरेक्टर अपूर्व सेन डीएफडी प्रवीण कासवान साथै अन्यान्य एक्स्पर्टहरुको उपस्थिति रहेको थियो।









