जयगाउँ २ नम्बर ग्राम पञ्चायत प्रधानले सम्हाले कार्यभार

कालचिनीः कालचिनी खण्डको सम्पूर्ण ग्राम पञ्चायतहरूमा नै प्रायः बोर्ड गठन समाप्त भएपछि अहिले उक्त सम्बन्धित ग्राम पञ्चायतहरूमा निर्वाचित प्रधान र उपप्रधानले कार्यभार सम्हाल्ने क्रम चलिरहेको छ। बिहीबार यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सीमान्त जयगाउँ २ नम्बर ग्राम पञ्चायतको प्रधान अनु खातुनले प्रधानको कार्यभार सम्हालेकी छन्।
सो अवसरमा ब्लक नेता हैदर अली अन्सारी लगायत अन्यान्य नेतृत्वहरूको उपस्थितिमा प्रधान अनु खातुन र उपप्रधान फुर्बा लामालाई तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट हैदर अली अन्सारीले खदा पहिराएर बधाई दिएको थियो। अब विस्तारै विकासको कामहरू शुरु गर्दै जाने प्रधान अनु खातुनले जनाएका छन्।

About Author

Advertisement