कालचिनी: भाजपा ७ नम्बर मण्डल कमिटीको पक्षबाट मङ्गलबार जयगाउँमा ‘चोर धरो जेल भरो’ कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको जानकारी भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्रीले दिएका छन्। एसएससी घोटाला र तृणमूल मन्त्रीबाट करोड़ौँ नोटको पहाड़ भेटाईएको घटनाले राज्यको सत्तारूढ़ तृणमूल सरकारको कालो करतुत बाहिर आएको र यस काण्डमा अझै धेरै नेता साथै मन्त्रीहरुलाई पनि पक्राउ गरिनु पर्ने दाबी गरिएको भाजपा नेताहरु राजेश छेत्री, कृपाशंकर जयसवाल, राणा प्रताप विस्वासले जनाएका छन्। यस अवसरमा जयगाउँ सुपर मार्केट परिसरको शहीद मेजर दुर्गा मल्लको शालिग परिसरबाट विरोध जुलुस निकालेर जयगाउँ शहर परिक्रमा गर्यो।











