भद्रपुर: सुनसरी जिल्लाको भुटाहा स्थित रहेका जमियातुल इस्लाह अल इस्लामिया उच्च माध्यमिक विद्यालयमा दुई दिने कार्यक्रम हुने भएको छ।
हरिनगर गाउँपालिका वडा नं-२ अवस्थित भुटाहा बजारको मुटु मानिने जमियातुल इस्लाह अल इस्लामियामा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो।
उक्त कार्यक्रममा जलसामा कुरान र तिलावतको लागि मौलाना नज़रुल हसन फलाही, मौलाना सज्जाद आलम फलाही, जलसामा मौलाना वलीउल्लाह सईदी फलाह , मौलाना मुहम्मद ताहिर मदनी, मौलाना किउर रहमान फलाही, मौलाना मुहम्मद उस्मान नदवी, मौलाना मुहम्मद खालिद सिद्दीकी, मौलाना गुलाम रसूल, डॉ. शमीम अहमद, मौलाना खुर्शीद आलम, मौलाना हसन हबीब लगायतका उपस्थिती रहने छ।
कार्यक्रममा प्रमुख अथिति कोशी प्रदेशका मूख्य मन्त्रि माननीय हिकमत कार्की विशिष्ट अतिथि माननीय डा. इसाईल मनसुरी, विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख रामचन्द्र तिवारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, कोशी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी लगायत अतिथिहरुको उपस्थिति रहने छन्।

उक्त कार्यक्रम जमियातुल इस्लाह अल इस्लामिया मादर्साको प्रागणमा २०८१/ अक्टूबर १८ र १९तारीख शुक्रवार र शनिवार हुने भएको छ।










