जलपाईगढी: भूमि माफियाहरू एकपछि अर्को गर्दै पक्राउ परेका छन्। जमिन घोटालामा डाबग्राम फूललबारी विधानसभा क्षेत्रबाट तृणमूल नेता पक्राउ परेका छन्l जो अहिले पुलिस हिरासतमा छन्l यसैबीच, जलपाईगढी गजोलडोबा मिलनपल्ली क्षेत्रमा ढाबा चलाउने व्यक्तिलाई पक्राउ गरिएको छl शुक्रबार पक्राउ परेका उनी यस क्षेत्रका भाजपा नेता रहेको समाचार छ। बीएलआरओ राजगञ्जको उजुरीको आधारमा भोरेर आलो पुलिस स्टेशनले उत्तम रायलाई पक्राउ गरी शुक्रबार जलपाईगढी अदालतमा पेश गरेको थियो।









