जनवरीदेखि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा ८०० रुपियाँ हुन्छ भनेर भाजपाले ढाँटको राजनीति गरिरहेको छ: सागर गुरुङ

IMG-20260124-WA0079

खरसाङ: चियाबारी श्रमिकहरुको दैनिक हाजिरा जनवरी २०२६ देखि ८०० रुपियाँ हुन्छ भन्ने भाजपा नेताहरुको भनाई पूरा नभएको र यो केवल झूटको राजनीति मात्रै गरेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले आरोप लगाएका छन्। आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले‌ भाजपा नेताहरुले चियाबारी श्रमिकहरुको दैनिक हाजिरा जनवरी २०२६ देखि ८०० रुपियाँ हुन्छ भनेर जुन आश्वासन दिएका थिए त्यसलाई लिएर आफुहरुले पर्खेको तर अहिलेसम्म पनि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा ८०० रुपियाँ नभएको बताएका छन्‌। दुवैले जनवरीदेखि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा ८०० रुपियाँ हुन्छ भनेर पर्खेको तर जनवरीको पहिलो हप्ता र दोस्रो हप्तामा अनलाइन पस्ने दैनिक हाजिरामा कुनै बढोत्तरी नभएको बताएका छन्। यसले गर्दा भाजपा नेताहरुको फोस्रो आश्वासन र झूटो राजनीतिको पर्दाफास भएको दुवैले आरोप लगाएका छन्। दुवैले चियाबारी श्रमिकहरुले ८०० रुपियाँ दैनिक हाजिरा पाउने भनेर चुनाव आउने बेलामा मात्र कुरा उठाउने तर वास्तविकता भने अर्कै छ र चियाबारी श्रमिकहरुले अहिले पनि केवल २५० रुपियाँ दैनिक हाजिरा मात्रै प्राप्त गरिरहेको बताउँदै भाजपाको यस्तो राजनीतिमा चियाबारी श्रमिकहरु पर्नु नहुने बताए। यस क्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले भने, ‘भाजपा‌ नेताहरुले जनवरी २०२६ देखि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा ८०० रुपियाँ हुन्छ भनेर भनेका थिए र हामीले पर्खिरहेका थियौं। तर अहिलेसम्म कुनै पनि खर्चमा ८०० रुपियाँ गरेर पसेको छैन र कसैले ८०० रुपियाँ गरेर पाएका पनि छैनन्। यो भाजपाको झुटको राजनीति मात्र हो। यस विषयमा श्रमिक संगठनहरु, मालिक संगठनहरु र एएलसी, जीएलसी आदिसित त्रिपक्षीय वार्ता बसेर मात्र हाजिरा बढ्ने कुरा हो। तर भाजपाले अचानक चियाबारी श्रमिकहरुका दैनिक हाजिरा 800 रुपियाँ हुन्छ भनेर ठाँटको राजनीति गरिरहेका छन्। तर अहिलेसम्म चियाबारी श्रमिकहरुले केवल २५० रुपियाँ गरेर पाईरहेका छन्। यो कुरा तक्निकी विषयको कुरा हो।’
सागर गुरुङले अझ भने, यस विषयमा नबुझी बोल्नु राम्रो होइन। भजपाले ढाँटको राजनीति नगरोस्। अब फेरि जनता झुल्किनु हुँदैन।‌ चुनावको मुखमा आएर जनतामा भ्रम फैलाउने कार्य नगरोस्। भाजपाले रातदिन झुक्काउने काम गरिरहेको छ।’
पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले‌ पनि भाजपाले केवल झुटको राजनीति गरेको र चियाबारी श्रमिकहरुले यस विषयमा बुझ्नु पर्ने कुरा जनाएका छन्। उनले भने, ‘गत वर्ष २०२५ को दिसम्बरमा भाजपाको शीर्षस्थ नेताहरूले मिरिकको टिङलिङमा पुगेर चियाबारी श्रमिकहरुका हाजिरा १ जनवरी २०२६ देखि ८०० रुपियाँ हुन्छ भनेर भनेका थिए। हामीले यस विषयमा एएलसी, डीएलसी, जीएलसी र अन्य निकायहरुमा गएर कुरा बुझ्यौं तर यस विषयमा केही जानकारी पाएनौं। तर भाजपाले ढाँट्दै आएको छ। ढाँटको राजनीति गरिरहेको छ।’


यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङको एउटा बगानमा कार्यरत्‌ महिला कर्मचारीले अहिलेसम्म आफुहरुले ८०० रुपियाँ गरेर दैनिक हाजिरा नपाएको र पाउँदै गरेको २५० रुपियाँ दैनिक हाजिरा पनि कतिवटा चियाबारीहरुमा समयमा नै नपाएको आरोप लगाएका छन्। यस अवसरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, उप सभापति किसान लेप्चा, सचिव भक्तिमान तामाङ, सन्तोष तामाङ, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए।

About Author

Advertisement