जनता भरोसा सम्मेलनलाई लिएर तयारी सभा

गान्तोक: आगामी २६ फरवरीको दिन गेजिङ जिल्ला अन्तर्गत पेलिङ ग्राउण्डमा आयोजना हुने जनता भरोसा सम्मेलन तयारीलाई लिएर आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो।

गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतमा सम्पन्न भएको सभामा विशेष गरेर तीन दिवसीय जनता भरोसा सम्मेलनलाई सफल तुल्याउनको निम्ति विभागका अधिकारीहरूको भूमिकाबारेमा जानकारी गराइयो।

यसरी नै उक्त सभामा आउने जनताको निम्ति सुविधा प्रदान सुनिश्चित गर्न जिल्लापालले सबै विभागका अधिकारीहरूलाई निर्देश दिए। आजको यस सभामा अतिरिक्त जिल्लापाल परि विष्नोई, अतिरिक्त जिल्लापाल (विकास) सुरत कुमार गुरूङ लगायय अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement