जनताको सर्वाङ्गीन विकास गर्नु नै सरकारको उद्देश्य होः मन्त्री खरेल

IMG-20220606-WA0148.jpg

नामथाङ। नामथाङ रातेपानी क्षेत्रका विधायक एवं राज्यका यतायात विभागीय मन्त्री सञ्जीत खरेलले आज आफ्नो क्षेत्रको मिडल छुबामा पुगेर स्थानीयहरूसँग भेट गरे। मन्त्री खरेल सहित उनकी धर्मपत्नी आशा खरेल, खण्ड विकास अधिकारी योगेन स्याङदेन, क्षेत्रका सीएलसी अध्यक्ष आरएस तामाङ लगायत अन्यले १ किलोमीटर भन्दा लामो दुरी तय गर्दै त्यहाँका जनताको समस्या बुझे। छुबाका जनतासँग अन्तक्रिया गर्दै मन्त्री खरेलले यहाँको सड़क अनि यातायातको स्थितिमाथि चिन्ता व्यक्त गरे। पूर्व सरकारकालको हेबीवेट नेता एवं मन्त्रीको आफ्नै वार्डमा राम्रो सड़कको व्यवस्था नहुनु भनेको लज्जास्पद विषय रहेको मन्त्री खरेलले बताए। पूर्व सरकारकालमा यो क्षेत्रलाई जतिनै हेला भएपनि सिक्किम क्रान्तिकारी मोर्चाको सरकार विकासको निम्ति नै आएको हुँदा यो क्षेत्रलाई विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै यहाँको जनताको माग अनुसार चाँढ़ै यातायातको निम्ति निर्माण गर्ने आश्वासन दिए।

पूर्व सरकारले यो क्षेत्रका जनतालाई केवल भोटको निम्ति मात्र प्रयोग गरे पनि मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशन नामथाङ क्षेत्रको हरेक जनताले कुनै पनि असुविधा खप्न नपरोस् भन्ने ध्येय राखेर काम गरिरहेको जानकरी गराए।

मन्त्री खरेलले स्थानीय जनतासँग भलाकुसरी गर्दै उनहरूको समस्या बुझे। यसका साथै मन्त्री खरेलले सेती देवी निर्माणको निम्ति मन्दिर सञ्चालन समितिलाई सहयोग राशी, अप्पर पर्बीङ वार्ड खोप गाउँस्थित छोर्तेन मनिलाखा अनि मिडल छुबा वार्ड समाजलाई आवश्यक सामग्री किन्नको निम्ति १-१ लाख रुपियाँ प्रदान गरे। यसको साथै यसै क्षेत्रका पदम बहादुर गुरूङको घर निर्माणको निम्ति अनि क्षेत्रकी छात्रालाई आर्थिक सहयोग प्रदान गरे।

About Author

Advertisement