जगदीप धनखड बने देशका १४औँ उपराष्ट्रपति, राष्ट्रपति द्रौपदी मुर्मुले गराइन् शपथ ग्रहण

VP-Jagdeep-Dhankhar-Oath-Taking-Ceremony

नयाँ दिल्ली: राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का उम्मेदवार जगदीप धनखडले बिहीबार भारतको १४औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन्। राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई सपथ गराएकी हुन्। जगदीप धनखड ६ अगस्तमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। विपक्षी दलकी मार्गरेट अल्भालाई पराजित गर्दै जगदीप धनखड विजयी भएका हुन्। यस शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, केन्द्रीय गृहमन्त्री अमित शाहलगायत धेरै वरिष्ठ नेताहरू उपस्थित थिए।

उपराष्ट्रपति धनखडले जनता दलबाट राजनीति शुरु गरेका हुन्। उनी सन् १९८९ मा झुन्झुनुबाट सांसद बनेका थिए। पहिलो पटक सांसद निर्वाचित हुँदा मात्रै उनले ठूलो इनाम पाए। उनी सन् १९८९ देखि १९९१ सम्म भीपी सिंह र चन्द्रशेखरको सरकारमा केन्द्रीय मन्त्री पनि बनेका थिए। तर, सन् १९९१ को लोकसभा चुनावमा जनता दलले जगदीप धनखडको टिकट काट्दा उनी पार्टी छोडेर कांग्रेसमा प्रवेश गरे र १९९३ मा अजमेरको किशनगढबाट कांग्रेस पार्टीको टिकटमा चुनाव लडे र विधायक बने। सन् २००३ मा कांग्रेसबाट मोहभंग भयो र कांग्रेस छोडेर भाजपामा प्रवेश गरे। सन् २०१९ मा जगदीप धनखडलाई पश्चिम बङ्गालको राज्यपाल बनाइएको थियो। जगदीप धनखडको जन्म १८ मई १९५१ मा राजस्थानको झुन्झुनु जिल्लाको किथानामा भएको थियो। बाबुको नाम गोकल चन्द र आमाको नाम केशरीदेवी हो। जगदीप आफ्ना चार दाजुभाइमध्ये दोस्रो स्थानमा छन्। उनले प्रारम्भिक शिक्षा गाउँ किथानाको सरकारी माध्यमिक विद्यालयबाट गरे। गाउँबाट पाँच कक्षासम्म पढेपछि उनी गर्धनाको सरकारी माध्यमिक विद्यालयमा भर्ना भए। त्यसपछि उनले चित्तौडगढको सैनिक स्कूलमा पनि पढे।

१२ पछि उनले भौतिकशास्त्रमा स्नातक गरे। यसपछि उनले राजस्थान विश्वविद्यालयबाट कानुनको अध्ययन पूरा गरे। १२औं पछि उनी आईआईटी र त्यसपछि एनडीएका लागि छनोट भए, तर गएनन्। स्नातक गरेपछि उनले देशकै सबैभन्दा ठूलो लोकसेवा परीक्षा पनि पास गरे। तर, आइएएस बन्नुको सट्टा उनले कानूनको पेशा रोजे। उनले राजस्थान उच्च अदालतबाट पनि वकालत शुरु गरेका हुन्। उनी राजस्थान बार काउन्सिलका अध्यक्ष पनि थिए। उपराष्ट्रपतिको निर्वाचनमा जगदीप धनखडले ५२८ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी मार्गरेट अल्भाले १८२ मत पाएकी छन्। उपराष्ट्रपतिको चुनावमा उनले कुल वैध मतको ७२ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका हुन्।

About Author

Advertisement