खोरीबारी: खोरीबारीको पानीटङ्कीको टुकुरियाझार वन क्षेत्रमा हात्तीको चहलपहल बढेपछि स्थानीयवासीमा त्रासको वातावरण देखिएको छ। टुकुरियाझार जङ्गल नजिकैको क्षेत्रमा एक महिनादेखि जंगली हात्ती घुमिरहेको स्थानीयको आरोप छ। हात्तीको खुट्टामा चोट पनि लागेको छ। उनको तत्काल उपचार गर्नुपर्ने स्थानीयले बताएका छन्। यस सम्बन्धमा खरसाङ डिभिजनका डीएफओ देवेश पाण्डेले हात्तीको खबर आएको बताए। क्षेत्रमा हात्ती घुमिरहेको छ। तर चोट धेरै पहिलेको हो। उनले हात्तीको उपचारका लागि बंगाल सफारीबाट टोली पठाइने बताए।









