जंगली मृगका सानो बच्चा बरामद

ce5fb130-d0b5-402f-a39d-6a7471e5fc46-1024x576

अलिपुरद्वार: वन विभागले अलिपुरद्वार क्षेत्रबाट चितल मृगको बच्चा फेला पारेको छ।बक्सा बाघ परियोजनाको जंगलबाट मृगको एउटा सानो बच्चा आवासीय क्षेत्रमा प्रवेश गरेको छ। अलिपुरद्वारको ब्लक नम्बर २ को छोटा चौकिर बस क्षेत्रमा त्यो बच्चा देखियो। मृगको बच्चा धेरै सानो हुनाले राम्ररी हिँड्न सकिरहेका थिएनन्। क्षेत्रका बासिन्दाहरूले हरिणलाई देखेर वन विभागलाई खबर गरे। खबर पाउने बित्तिकै दक्षिण रायडक रेन्जका वनकर्मीहरू घटनास्थलमा पुगेर मृगलाई उद्धार गरे। वन विभागका अनुसार मृगको बच्चा केवल दस दिनको छ। वन विभागले यति सानो बच्चा कसरी यस क्षेत्रमा आयो भनेर अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement