कोलकाताः जंगलमहलमा मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीको जनसम्पर्क यात्रामाथि भएको हमला मामिलामा पुलिसले लगातार पक्राउ गरिरहेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले यस हमलाको निम्ति सोझै भाजपालाई जिम्मेवार ठहर गरेकी थिइन्, जसपछि भाजपासित जुड़ेको कुर्मी नेताहरूलाई खोजी-खोजी पक्राउ गरिरहेको आरोप लागेको छ।
यसलाई लिएर सोमवार पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं वरिष्ठ नेता दिलीप घोषले चेताउनी दिएका छन्। न्यू टाउन इको पार्कमा मर्निङ वक गर्न पुगेका दिलीप घोषसित जब यसबारे सोधियो तब उनले भने, जंगलमहल हामो क्षेत्र हो। त्यहाँ अन्यको दोषलाई भाजपामाथि खनाउने प्रय़ास भइरहेछ। यदि कुनैपनि भाजपा नेतालाई केही भयो भने आगो सल्किनेछ र त्यसको झिल्का कालीघाट (मुख्यमन्त्री ममता ब्यानर्जीको आवास) सम्म पुग्नेछ भनी मैले पहिले नै चेताउनी दिइरहेछु।
उनले भने, जंगलमहलमा कुनैपनि तृणमूल नेतालाई बस्न दिनेछैनौं न त कसैलाई घुम्न दिनेछौं। यस बाहेक अभिषेक ब्यानर्जीको नवज्वार कार्यक्रममा रेडियोको माध्यमले सम्पर्क गर्ने योजनालाई लिएर पनि उनले कटाक्ष गरे। घोषले भने, अभिषेक जहाँ जान्छन्, त्यही मानिसहरूले धरना दिइरहेका छन्, नारा लगाइरहेका छन्। विरोध प्रदर्शन भइऱहेछ। चोर चोरको नारा लागिरहेछ। यसैले रेडियोको सहयोग लिँदैछ। उनलाई थाहा छ, अघि गए गाड़ी रोक्नेछन् र चोर चोर भन्नेछन्।
-हिस








