छोरीको अघिको पढाइलाई लिएर चिन्तामा परे कृषक बाबु

IMG_20230520_172132.jpg

राजगञ्ज: राजगञ्जकी फुलतुलसी रायले माध्यमिक परीक्षामा ६४९ अङ्क प्राप्त गरेकी छन्। फुलतुलसी भविष्यमा डाक्टर बन्न चाहन्छिन्। तिनको बाबु एकजना कृषक हुन्। यसैले छोरीको डाक्टर बन्ने सपना कसरी पुरा गर्ने भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू चिन्तित छन्। फुलतुलसी राय राजगञ्ज ब्लक अन्तर्गत कुकुरजान ग्राम पञ्चायतको फरेयाभिटा गाउँ निवासी सुफल चन्द्र रायकी छोरी हुन् भने तिनी बनिजेर हाट हाई स्कुलकी छात्रा हुन्। माध्यमिक परीक्षामा तिनले ७०० अङ्कमा ६४९ अङ्क हासिल गरेकी छन्। सुफलले खेती गरेर जति रुपियाँ कमाउँछन् त्यो छोरा- छोरीको पढाइ र परिवारको भरण-पोषण गर्दै आइरहेका छन्। फुलतुलसी रायले बताए अनुसार राम्रो अङ्क हासिल गरेकोमा निक्कै खुसी छिन्। तिनले विज्ञान विषय लिएर पढ्न शुरू गरेकी छन्। भविष्यमा डाक्टर बन्ने सपना रहेको तिनले बताइन्। मेरो बाबुले आफूहरूलाई पढाउने तथा परिवार चलाउनको लागि कठोर परिश्रम गर्ने गर्छन्। यदि सरकार अथवा कुनै निजी संस्थाले सहयोगको हात बढाए मेरो डाक्टर बन्ने सपना गर्न सक्नेछु। फुलतुलसीको आमा-बाबुले बताएअनुसार छोरीको सफलतामा आफूहरू निक्कै खुसी छौं। छोरी डाक्टर बन्न चाहन्छिन्। खेतीपाती गरेर जीवन यापन गरिरहेका छौं। थाहा छैन छोरीको सपना पुरा गर्न सक्छौं कि सक्दैनौं। यदि सरकारी रूपमा कसैले सहयोग गरे उचित हुनेथियो।

About Author

Advertisement