छोराद्वारा आमामाथि प्रहार

IMG_20221104_124553.jpg

मालदा: एक कलयुगी छोराले आमालाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका छन्। पुरानो मालदा थाना क्षेत्रको साहापुर नित्यानन्दपुर क्षेत्रमा बिहीबार राति भएको यो घटनापछि पूरै इलाकामा हलचल मच्चिएको छ। पीडित आमाको नाम ६० वर्षीया मनेका मण्डल रहेको पारिवारिक स्रोतले जनाएको छ ।जानकारीका अनुसार पीडितका कान्छा छोरा टिंकु मण्डलले गए राति श्रीमतीलाई कुटपिट गर्दै आएका थिए। त्यतिबेला आमा बचाउन गइन्। त्यसपछि आक्रोशित छोराले आमालाई धारिलो हतियार प्रहार गरी घाइते बनाए। परिवारका अन्य सदस्यहरूले हतारमा आमालाई घाइते अवस्थामा मालदा मेडिकल कलेज र अस्पतालमा भर्ना गरे। हाल उनको मालदा मेडिकल कलेज र अस्पतालमा उपचार भइरहेको छ।

About Author

Advertisement