छोटा साम्दोङमा बाल सुरक्षा ऐनबारे अभिमुखी कार्यक्रम

IMG-20250902-WA0158

सोरेङ: मिशन वात्सल्य योजनाअन्तर्गत प्रदान गरिएका बाल अधिकार कानून अनि सेवामाथि महिला बाल वरिष्ठ नागरिक अनि दिब्याजन विभागको पहलमा आज छोटा साम्दोङ वरिष्ठ माध्यमिक विद्यालमा एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बाल संरक्षण यूनिटकी प्रोवेशन अधिकारी एरोमिना लेप्चाले सोरेङ जिल्लामा वात्सल्य योजना र बाल संरक्षण यूनिटबारे जानकारी गराइन्। उनले बाल बालिका केयर संरक्षण ऐन २०१५ द्वारा प्रदान गरिने सेवा र संरक्षणको आवश्यकता परेका बालबालिको निम्ति आवश्यक कानुनी सहयोगबारेमा अवगत गराइन्। सोही क्रममा संरक्षण अधिकारी टेकमाया शर्माले यौन प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्युएल अफेन्स एक्ट (पोक्सो), २०१२ को प्रावधानबारेमा सचेत गराइन्। यसरी नै श्रम निरीक्षक निता भुजेलले बाल श्रम निषेध र नियम ऐन, १९८६ बारेमा जानकारी गराइन्।

About Author

Advertisement