छैठपुजा भब्य बनाउन अन्तरक्रिया गर्दै उर्लाबारीमा मैथिली समाज सेवा समिति

IMG-20241022-WA0229

मोरंग: उर्लाबारीमा आउँदै गरेको पर्व छैठ पुजा ब्यबस्थित गर्न मैथिली समाज सेवा समितिले आफ्नै भवनमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
प्रत्येक वर्ष मावा पुल दक्षिण पट्टी खाेलाकाे किनारमा छैठ पुजा मैथिली सेवा समाज उर्लाबारीले लगाउदै आइरहेको छ।
पुजा वा मेला लाई सुरक्षा र सफलता पुर्वक सम्पन्न गर्न सरोकार वालाहरुसंग समाजले अन्तरकृया कार्यक्रम गरिएको समाजका अध्यक्ष पवन चाैधरीले जानकारी दिए।
पुजा तथा मेला भव्य तथा सभ्य तरिकाले सम्पन्न हाेस र भव्य सभ्य बनाउन प्रहरी प्रशासन, जनप्रतिनिधि तथा सराेकारवाला हरुकाे पनि मुख्य भुमिका हुनुपर्ने उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलकाे भनाई रहेकाे थियाे।
कार्यक्रममा मैथिली समाज सेवा समितिका पधादिकारी, सदस्य, सल्लाहकार, राजनैनिक दलका प्रतिनिधि तथा समाजसेवी बुद्धिजीवीहरु विच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियाे।

About Author

Advertisement