गोरुबथान। गत २ सेप्टेम्बर देखि ४ सेप्टेम्बरसम्म मालबाजार साईलीमा आयोजित रहेको छैटौ कराते खेलमा गोरुबथान कराते डोजोले राम्रो प्रदर्शन गरे। यस छैटौं आशिहारा कराते प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल भएको छन्। दुइवटा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरुमा क्रमैले प्रनस प्रधान, प्रज्वल राई रहेको छन्।यसैगरी दुइवटा रजत पदक हासिल गर्ने प्रतिक्षा रसाइली र प्रकृति राई रहेकी छिन्। यस प्रतियोगितामा गोरुबथान डोजोको तर्फबाट जम्मा ७ जनाले अंशग्रहण गरेका थिए भने चारजनाले पदक प्राप्त गरेका छन्। गोरुबथान डोजोका सेन्सी तथा कराँतेका बंगाल एसिटेन्ट चिफ अनिल राईले यसबारे जानकारी दिँदै नानीहरुलाई बधाई पनि दिएका छन्।










