छैटौं सेण्ट रोबर्ट च्यालेञ्ज शील्ड इण्टर स्कूल फूटबल टुर्नामेण्टमा ब्लूमडेल एकाडमी च्याम्पियन

IMG-20250926-WA0003

दार्जीलिङ: सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल, दार्जीलिङको तत्त्वावधानमा आयोजित सेण्ट रोबर्ट च्यालेञ्ज शील्ड इण्टर स्कूल फूटबल टुर्नामेण्टको छैटौं संस्करणमा ब्लूमडेल एकाडमी च्याम्पियन भयो। सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल खेल मैदानमा बिहीवार भएको फाइनल म्याचमा ब्लूमडेल एकाडमी, रिम्बिकले आयोजक एसआरएस यल्लो टीमविरुद्ध २-० ले जीत हासिल गऱ्यो। टुर्नामेण्टमा क्लास सेवेन र त्यसभन्दा कम्ती क्लासका खेलाड़ीहरूले हिस्सा लिएका थिए। आज टुर्नामेण्टको आयोजकहरूको तर्फबाट पूर्व फूटबलर उर्गेन लामा (मिनी)-लाई खेलप्रति उनको योगदानको निम्ति सम्बर्द्धना जनाइयो। फाइनल म्याचमा सत्यदीप थापा मुख्य रेफरी रहेका थिए। यसरी सहायक रेफरीको भूमिका सत्यम थापा र साहिल सुब्बाले निर्वाह गरेका थिए।

यसरी गर्ल्स एक्जीबिशन फूटबल म्याचमा सेण्ट फिलोमिना एचएस स्कूलले सेण्ट टेरेजा एचएस स्कूलविरुद्ध पेनल्टी शूटआउटमा जीत हासिल गऱ्यो। समापन समारोहमा सेण्ट माइकल्स स्कूलको पाइप ब्याण्ड मुख्य आकर्षण रह्यो। यसरी सनराइज स्कूल, लेबोङका विद्यार्थीहरूले लोक नृत्य प्रस्तुत गरे। यसबाहेक वांगे गुरुङ (भोइस यूनिवर्स) र ओबेद राईले गीत गाएर सबैलाई मन्त्रमुग्ध पारे।


संक्षिप्तमाः
च्याम्पियनः ब्लूमडेल एकाडमी, रिम्बिक
रनरअपः सेण्ट रोबर्ट्स स्कूल (एसआरएस) यल्लो
प्लेयर अव् द म्याचः अनिरुद्ध भुजेल (एसआरएस यल्लो)
बेस्ट डिफेण्डरः सचिन राई (ब्लूमडेल एकाडमी)
बेस्ट गोलकीपरः अनिकेत छेत्री (एसआरएस ब्ल्यू)
प्लेयर अव् द टुर्नामेण्टः मौसम राई (ब्लूमडेल एकाडमी)

About Author

Advertisement