छिमेकी देश नेपालको पशुपतिनाथको मन्दिरको ढाँचामा एक मन्दिर निर्माण

IMG_20220710_215411.jpg

सिलगढी: पशुपतिनाथ छिमेकी देश नेपालको विश्वप्रसिद्ध मन्दिर हो। यसै मन्दिरको ढाँचामा सिलगढीमा पनि पशुपतिनाथको मन्दिर निर्माण कार्य भइरहेको छ। सिलगढी नगरनिगम ४२ नम्बर वार्डको सरोजिनी पल्ली इलाकामा यो मन्दिर निर्माण भइरहेको छ। पशुपतिनाथ मन्दिर वेलफेयर सोसाइटीका सचिव तथा भारतीय सेनाका अवकाशप्राप्त कर्णल जेके देवानको पहलमा उक्त मन्दिर निर्माण भइरहेको छ। तिनले बताएनुसार सिलगढीमा पशुपतिनाथको मन्दिर निर्माण गरिनुको मुख्य उद्देश्य सबै वर्गका भक्तजनले उक्त मन्दिरको दर्शन गर्न सकुन भनेर हो।२०१६ सालमा नै यस। मन्दिरको आधारसिला राखिएको थियो।यो मन्दिरको ऊचाई ३० फिट अग्लो, चौडाई ३० फीट रहेको छ। उक्त मन्दिर सबै मार्बलले बनाइ रहेको छ।उक्त मन्दिर कार्यमा कसैले सहयोग गर्न चाहेको खण्डमा कमिटिसित सम्पर्क गर्न सक्नेछन्।

About Author

Advertisement