छाम्पा एसोसिएशन र मानव अधिकार परिषदद्वारा मुख्यमन्त्रीको निर्णयलाई स्वागत

IMG-20220614-WA0171.jpg

गान्तोक। नेपाली चलचित्र कब्बडी-4 लाई राज्य सरकारले प्रतिवन्ध लगाएकोमा अल सिक्किम छाम्पा एसोसिएशनले स्वागत जनाएको छ। आज एक पत्रकार सम्मेलन आयोजना गर्दै संस्थाका अध्यक्ष छाम्पा तेञ्जिङले बौद्ध धर्मावलम्बीहरूको भावनालाई ध्यानमा राख्दै सरकारले उक्त चलचित्रलाई प्रतिबन्ध लगाएको उनले सम्पूर्ण संस्थाको तर्फबाट मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। यसै क्रममा अन्तराष्ट्रीय मानव अधिकार परिषद, पूर्व जिल्लाका संयुक्त निर्देशक क्रिश कुमार शाहले आफ्नो सम्बोधनमा पीडित फूर्वा लामालाई न्याय दिनु पर्ने माग गर्दै राज्यमा उक्त चलचित्रमाथि लगाएको प्रतिवन्धबारे स्वागत जनाए। उल्लेखनीय छ, गत केही दिन नेपालमा प्रिमियर शो-को क्रममा उक्त चलचित्रकी नायिका मेरूना मंगरले फूर्वा लामासँग अमानवीय व्यवहार गरेको भन्दै यसको बिरोध सिक्किममा पनि भइरहेको छ। राज्यका विभिन्न गुम्बाका लामाहरूले उक्त घटनाको विरोध गर्दै राज्यका मुख्यमन्त्री समेतलाई पत्रचार गरेका थिए।

About Author

Advertisement