छात्रालाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा शिक्षिका विरुद्ध प्राथमिकी

IMG-20250408-WA0273

गान्तोक: एकजना शिक्षिकाले आठौं कक्षाकी छात्रालाई कथित रुपमा निर्ममतापूर्वक कुटपिट गरेको घट्ना प्रकाशमा आएको छ। घट्ना पूर्व सिक्किमको रिनाक समष्टिअन्तर्गत तार्पिन सेकेण्डेरी स्कूलको हो। कुटपिटको कारण बालिकाको हात अनि खुट्टाभरि नै रातो डाम बसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यस घट्ना सम्बन्धमा आज रिनाक थानामा आरोपी शिक्षिका विरुद्ध प्राथमिकी दर्ता गरिएको छ।
प्राप्त जानकारीअनुसार आज पीड़िताकी अभिभावकहरूलाई लिएर एउटा बैठक बसेको थियो। बैठकमा सम्झौता गराउने प्रयास भएको तर अभिभावक पक्षले नमानेपछि प्राथमिकी दर्ता गरिएको जान्नमा आएको छ। यसको साथै आरोपी शिक्षिकालाई अन्य विद्यालयमा सरुवा गरिने भएको पनि थप जानकारी प्राप्त भएको छ। तर, अभिभावक पक्षको माग भने आरोपी शिक्षिकालाई सरुवा मात्र नगरेर कार्यवाही पनि गरिनुपर्ने रहेको छ।
उल्लेखनीय छ, शिक्षाको अधिकार ऐनअन्तर्गत विद्यार्थीहरूलाई शारीरिक दण्ड दिनु गैरकानुनी मानिएको छ।

About Author

Advertisement