छनौट भएका विद्यार्थीहरूले पश्चिम बङ्गाल राज्यलाई प्रतिनिधित्व गर्ने

IMG-20250125-WA0205

खरसाङ: दार्जिलिङ जिल्लाको आधिकारिक जिल्ला कराते छनौट १८ वर्ष र माथिका वरिष्ठ र २१ वर्ष मुनिका पुरुष र महिला विधाका लागि शनिवार शिहान अनिल राईको अध्यक्षतामा डेनमा सम्पन्न भयो। “स्पोर्ट्स कराते-डु एसोसिएसन अफ् दार्जिलिङद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा दार्जिलिङ जिल्लाका १८ वर्ष वा त्योभन्दा माथिका खेलाडीहरूले सहभागिता जनाएका थिए। छनौट प्रक्रियाका लागि प्राविधिक आयोगको इन्चार्ज सेन्सी सन्दीप प्रधान थिए। उनले पश्चिम बंगाल राज्यमा छनौट भएका विद्यार्थीहरूले मार्च २०२५ मा हैदराबादमा हुने राष्ट्रिय कराते च्याम्पियनशिपमा पश्चिम बङ्गाल राज्यलाई प्रतिनिधित्व गर्ने जानकारी गराएका छन्। उनले यो विश्व कराँते फेडेरेसनद्वारा अनुमोदित भारतको एक मात्र प्रामाणिक आधिकारिक निकाय रहेको बताएका छन्‌।

About Author

Advertisement