छड्के भ्रमण अवधि प्राथमिक पाठशाला बन्द भेटियो

IMG_20230516_143952.jpg

सुकेपोखरी: जीटीएको प्राथमिक शिक्षा विभागले सुकेपोखरी क्षेत्र अन्तर्गत पर्ने समरिकपानी चियाबारी प्राथमिक पाठशालाका प्रधान अध्यापकलाई कुनै पनि समय विभागीय कठोर कार्वाही हुनसक्ने विभागीय सूत्रबाट जानकारी पाइएको छ। यति मात्र होइन, यस पाठशालाका अन्य तीनजना शिक्षक-शिक्षिका विरूद्ध पनि विभागीय कार्वाही हुने लगभग तय भएको बताइएको छ। विशेष जीटीएको शिक्षा विभाग प्रभारी एवं जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहान, अतिरिक्त जिल्ला पाठशाला परिदर्शक तृशला लामा अनि उप परिदर्शक सुकेपोखरी क्षेत्र एस. रेजाले गत सोमबार सुकेपोखरी क्षेत्रका विभिन्न प्राथमिक पाठशालाहरूको छड़के भ्रमण गरेका थिए, त्यस समय समरिकपानी चियाबारी प्राथमिक पाठशाला बन्द अवस्थामा रहेको कारण नै यस पाठशालाका शिक्षक- शिक्षिकाहरू विरूद्ध विभागीय कार्वाही हुने तय भएको विश्वस्त सूत्रबाट जानकारी पाइएको छ। जीटीएका यी अधिकारीहरू सोमबार बिहान ११ बजीतिर सो पाठशाला पुगेका थिए तर पाठशाला लाग्नुपर्ने समय पूर्णरूपले बन्द थियो, जसको कारण यस पाठशालाका चारैजना शिक्षक- शिक्षिका विरूद्ध तत्काले विभागीय कार्वाही शुरू भएको विभागीय सूत्रले जनाएको छ। यति मात्र होइन, जीटीएका यी अधिकारीहरूसमक्ष स्थानीय विद्यार्थीहरूका अभिभावकहरू आएर यस पाठशालाका शिक्षक-शिक्षिकाहरू विरूद्ध उजुरी पनि दर्ता गरेका थिए।

अभिभावकहरूले दार्जिलिङ पहाड़का प्राथमिक पाठशालाहरूमा यसरी नै विभागीय अधिकारीहरूको छड्के भ्रमण भइरहनुपर्ने आवश्यकता रहेको पनि बताएका छन् अनि सरकारी प्राथमिक पाठशालाको शिक्षामा हराएको विश्वास पुनः फर्कियोस् भन्ने पनि यी अभिभावकहरूले चाहेका छन्। यसैबीच, यस पाठशालाका प्रधान अध्यापकको मेडिकल जाँच गरेर उनी विरूद्ध कठोर विभागीय कार्वाहीको नोटिस जारी हुने पनि छनक पाइएको छ। हाल जीटीएको प्राथमिक शिक्षा विभाग प्रभारी राजेश चौहानले विभागीय अधिकारीहरूलाई साथमा लिएर दार्जिलिङ पहाड़का प्राथमिक पाठशालाहरूको लगातार छड्के भ्रमण अर्थात सरप्राइज भिजिट गरिरहेका छन्।

About Author

Advertisement