च्यालेञ्जर एससी र युनाइटेड भूटिया बस्ती एफसीको जीत

photocollage_2022718192040262.jpg

१८ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा च्यालेञ्जर स्पोर्टिंग क्लबले होली लाइन फूटबल क्लबलाई ७-१-ले पिट्यो। पूल ई-को यस म्याचमा विजेता टीमबाट उज्ज्वल राईले ह्याट्रिक गरे। यसबाहेक दीवाकर र सौरभ मुखियाले २-२ गोल गरे। यसबाहेक होली लाइन एफसीबाट प्रणय राईले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा युनाइटेड भूटिया बस्ती एफसीले सिटी भेल्ली एफसीलाई ४-१-ले पराजित गऱ्यो। ग्रुप एफ-को यस म्याचमा विजेता टीमबाट राहुल यादवले २ गोल गरे। यसबाहेक निश्चल तामाङ र पासाङ शेर्पाले १-१ गोल गरे। सिटी भेल्ली एफसीबाट राहुल राईले १ गोल गरे। सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ।

About Author

Advertisement