च्याम्पियन्स ट्रफीमा हिस्सा लिन अष्ट्रेलियाई टीम पाकिस्तान पुग्यो

IMG-20250217-WA0191

लाहौर: अष्ट्रेलियाई क्रिकेट टीम आईसीसी च्याम्पियन्स ट्रफीमा हिस्सा लिन सोमवार पाकिस्तान पुग्यो। टुर्नामेण्टको शुरुवात बुधवार आयोजक पाकिस्तान र न्यूजील्याण्डबीच म्याचको साथ हुनेछ। पाकिस्तान गत च्याम्पियन पनि हो, जसले २०१७-मा ईंग्ल्याण्डमा आयोजित गत सत्रमा भारतलाई फाइनलमा पराजित गरेको थियो। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले एक्स-मा लेखेको छ, अष्ट्रेलियाई क्रिकेट टीम आईसीसी च्याम्पियन्स ट्रफी २०२५-को निम्ति लाहौर पुग्यो। उनीहरूले २२ फरवरीमा गद्दाफी स्टेडियममा ईंग्ल्याण्डविरुद्ध टुर्नामेण्टमा आफ्नो पहिलो म्याच खेल्नेछन्। टीम २ वटा समूहमा पाकिस्तान पुग्यो। पहिलो समूहमा कप्तान स्टीव स्मिथ, प्रशिक्षक र सहयोगी स्टाफका सदस्यहरू सामेल थिए, जो कोलम्बोबाट दुबई भएर पाकिस्तान पुगे। दोस्रो समूह पनि कोलम्बोबाट दुबई हुँदै लाहौर पुग्यो, जसमा १५ जना खेलाड़ीहरूका साथमा सहयोगी स्टाफका २ जना अतिरिक्त सदस्य सामेल थिए। हाईब्रिड मोडलको सम्झौता अनुसार आफ्नो सबै म्याच दुबईमा खेल्ने भारत झैं अष्ट्रेलियाई टीमले पनि च्याम्पियन्स ट्रफी अघि कुनै अभ्यास म्याच खेल्नेछैन कारण यस टीमले हालै श्रीलंकामा वनडे सीरीजमा हिस्सा लिएको थियो। त्यस सीरीजमा अष्ट्रेलिया ०-२-ले पराजित भएको थियो। चीरप्रतिद्वन्द्वी ईंग्ल्याण्डविरुद्ध शुरुवाती म्याचपछि अष्ट्रेलियाले आफ्नो दोस्रो म्याच २५ फरवरीमा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ। त्यसपछि २८ फरवरीमा अफगानिस्तानविरुद्ध म्याच रहेको छ।

About Author

Advertisement