२२ फरवरीः यूएफा च्याम्पियन्स लीगको राउण्ड अव् सिक्स्टीनमा नापोलीले सजिलै जीत हासिल गऱ्यो। इटलीको क्लब नापोलीले आफ्नो असाधारण लयलाई जारी राख्दै मंगलवार अबेर राति खेलिएको पहिलो लेगको म्याचमा जर्मन क्लब एण्ट्रेच फ्रेंकफर्टलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड डशे ब्यांक पार्कमा ३० प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन टीमले कुनै चुनौती नै पेश गर्न सकेन। त्यहीमाथि सेण्टर फरवर्ड राण्डाल कोलो मुआनीले ५८औं मिनटमा रातो कार्ड देख्दा होम टीमको रहलपहल जोश पनि समाप्त भयो। इटालियन सेरि ए फूटबलमा शीर्ष स्थानमा रहने नापोलीबाट भिक्टर ओसिमहेनले ४०औं अनि जिओभान्नी डी लोरेञ्जोले ६५औं मिनटमा गोल गरे। म्याचमा नापोलीले पहिलो हाफको खेलमा पेनल्टीबाट गोल गर्ने मौका पनि पाएको थियो, जसमा गोल हुन सकेन। यस अवे म्याचमा हासिल भएको आरामदायक जीतले नापोलीको निम्ति क्वार्टर फाइनलको बाटो धेरै सजिलो बन्न गएको छ कारण इटालियन क्लबले दोस्रो लेगको म्याच आफ्नो होम ग्राउण्डमा खेल्नेछ।









