चौथो टेस्टको हारलाई मानसिक रूपले सताउने बताए कप्तान रोहितले

IMG-20241230-WA0223

मेलबर्न: अष्ट्रेलियाविरुद्ध चौथो टेस्ट (बक्सिंग डे) म्याचमा १८४ रनको हारलाई भारतीय कप्तान रोहित शर्माले मानसिक रूपले सताउने बताउँदै उनको टीम यस म्याचमा लड़ाकू मानसिकता देखाउन असफल रहेको स्वीकार गरे। मेलबर्न क्रिकेट ग्राउण्डमा चौथो टेस्ट म्याच गुमाउनको साथै भारत ३ वटा म्याचको सीरीजमा १-२-ले पछाड़िन पुग्यो। सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच ३ जनवरीदेखि सिडनीमा खेलिनेछ। रोहितले म्याचपछि भने, यो मानसिक रूपले सताउने हार हो। यो निश्चित रूपले निराशाजनक हार हो। म्याच जित्ने तरिका हुन्छ अनि हामी यहाँ म्याच जित्ने तरिका खोज्न विफल भयौं। हामी अन्तसम्म लड़ाइँ गर्न चाहन्थ्यौं तर दुर्भाग्यले यस्तो हुन सकेन।
अष्ट्रेलिया आफ्नो दोस्रो ईनिंग्समा ६ विकेटमा ९० रन बनाएर संघर्ष गरिरहेको थियो तर तल्लो क्रमका ब्याटरहरूका लड़ाकू प्रदर्शनले गर्दा अन्तमा आयोजक टीम भारतलाई ३४० रनको लक्ष्य दियो। रोहितले उनको टीम अनुकूल स्थितिको फाइदा उठाउन विफल रहेको पनि स्वीकार गरे। भारतीय कप्तानले भने, हामीले ९० रनसम्म अष्ट्रेलियाको ६ विकेट हासिल गरेका थियौं। हामी मुश्किल परिस्थितिहरूमा पनि लड़ाकू मानसिकता देखाउन चाहन्थ्यौं। हामीले म्याचमा हासिल गरेको सबै मौकाहरू गुमायौं। विशेषगरी अन्तिम विकेटको निम्ति भएको पार्टनरशीपले म्याचलाई हामीबाट टाढ़ा लग्यो।

About Author

Advertisement