खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। चानमारी खेल मैदानमा आज भएको म्याचमा इलाम एफसी, नेपालले हल्दीबारी एफसी-विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट इम्मा राईले २ गोल गरिन्। इम्मा राईले प्लेयर अव् द म्याचको ट्रफी जितिन्। आइतवार २ वटा म्याच खेलिनेछ। आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रमोद प्रधान, दावा डोमा भूटिया, सुरेश र अरबिन्द छेत्री (फोर्थ अफिसियल)-ले गरेका थिए। टुर्नामेण्टमा जम्मा १२ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल ८ मार्चमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








