चौथो गोर्खा चेली टुर्नामेण्टः वरियर्स एफसी सेमिफाइनलमा पुग्न सफल

photocollage_202632233819590

खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा सोमवार एउटा म्याच खेलियो। चानमारी खेल मैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल म्याचमा वरियर्स एफसी (झारखण्ड)-ले शेयर फूटबल क्लब, कालेबुङविरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। शेयर एफसी-को तर्फबाट तन्नु बिश्वास र अंशु राईले गोल गरिन्। यसरी वरियर्स एफसी-को तर्फबाट बिनी कुमारीले २ गोल गरिन्। विजेता टीमकी बिनी कुमारीले प्लेयर अव् द म्याचको ट्रफी जितिन्। आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रतिक गुरुङ, प्रमोद प्रधान, दावा डोमा भूटियाले गरेका थिए। अरबिन्द छेत्री फोर्थ अफिसियल रहेका थिए। इन्द्र पी लामा र धर्मराज राणा म्याच कमिश्नर थिए। टुर्नामेण्टमा जम्मा १२ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल ८ मार्चमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement