देहरादून:: चमोली जिल्लाको चौखम्भा-तीन पर्वतको ६०१५ मीटर उचाईमा फंसेका विदेशी पर्वतारोहीहरूलाई अन्ततः रेस्क्यू टीमले आइतवार खोजेर निकाल्यो र उनीहरूलाई सेनाले हेलीकप्टरमा सुरक्षित जोशीमठ पुऱ्यायो।
सेना र एसडीआरएफको समर्पण भावले विदेशी पर्वतारीहरूको अऩुहारमा खुशी झल्किरहेको थियो। चौखम्भा-तीन पर्वतमा दुई पर्वतारोही ११ सेप्टेम्बरदेखि १८ अक्टोबरसम्म फत्ते गर्नेथियो तर बीचमा केही कमीहरूको कारण बाटोमा फंसेको थियो। वस्तुतः चौखम्भा पीकमा फंसेका विदेशी पर्वतारोहीहरूको खोजको निम्ति सेना र एसडीआरएफ टीमले कमान सम्हाल्यो र पैदल रेस्क्यू गर्न निस्क्यो। शनिवार एसडीआरएफका चार जवानहरूको टीमलाई एडवान्स बेस क्याम्प (४९०० मीटर) मा हेलीकप्टरबाट तल झारियो। रातमा रणनीति बनायो र आइतवार बिहान उचाईमा अक्सीजनको कमी र दुर्गम बाटोहरूको चुनौतीहरू भएपनि एसडीआरएफ टीमले तत्परताको साथ ट्र्याकको जोखिमपूर्ण हिस्साहरूमा पैदल सर्च अपरेशन शुरू गऱ्यो। पुलिस महानिरीक्षक एसडीआरएफ रिधिम अग्रवालले भने, एसडीआरएफ रेस्क्यू टीमको पेरलल सर्च अपरेशनमा जुटेको भारतीय सेनाको रेस्क्यू टीमले हेलीकप्टरमा ट्र्याकमा रेकी गरेर दुवै ट्रेकर्सलाई एयरलिफ्ट गरेर जोशीमठ हेलीप्याडमा पुऱ्यायो। दुवै विदेशी ट्र्याकर्स सकुशल र सुरक्षित छन्।
सेनानायक अर्पण यदुवंशीले भऩे, एसडीआरएफ टीम जसले एडवान्स बेस क्याम्पदेखि अगाड़ी सर्चिङ गरिरहेको थियो, त्यसलाई पनि सेनाको हेलीकप्टरमा जोशीमठ ल्याइँदैछ। १८ अक्टोबरसम्म फत्ते गर्न निस्केको पर्वतारोही जिल्ला चमोलीको चौखम्भा-तीन पर्वतको ७९७४ मीटर उचाईमा पर्वतारोहणको निम्ति विदेशी महिला पर्वतारोही अमेरिका निवासी मिशेल थैरेसा र ब्रिटेन निवासी थैजैन मेनर्स इण्डियन माउन्टेनियरिङ फाउण्डेशनको रंजन शर्माको नेतृत्वमा एक कुक र एक पोर्टर गएका थिए। उनीहरूलाई 11 सेप्टेम्बरदेखि 18 अक्टोबरसम्म यो अभियान पूरा गर्नुथियो। पाँच सदस्यीय दल गत १८ सेप्टेम्बरमा बदरीनाथको माणादेखि अभियानको निम्ति निस्केको थियो। अभियान दलमा सामेल महिला पर्वतारोही हिउँले ढाँकेको चौखम्भा-तीन पर्वतमा एलपाइन स्टाइल क्लाइब्मिङ अभियानमा थियो। यस अवधि उसको ब्याग भीरबाट तल खस्यो। ब्यागमा खाने वस्तु सहित क्लाइम्बिङको निम्ति काम आउने उपकरण पनि थियो।









