सिलगढी: चोरीको मामिलाको जाँचमा जुटेको मेडिकल आउट पोस्ट पुलिसले २४ घण्टाको अवधिमा नै चारलाई पक्राउ गर्न सफल भएको छ भने चोरी भएको सुनका – गहनाहरू पनि उद्धार गरेको छ। पुलिसले पक्रा परेको आरोपी चोर दीपक दास उर्फ खेपालाई आज सिलगढी अदालतमा पेश गयो। पुलिस सूत्रले दिएको जानकारी अनुसार १७ जुलाईको राति सिलगढीको कमलजोत इलाकास्थित एउटा घरमा चोरी भएको थियो भने चोरले लगभग ७७ ग्राम सुनका गरगहना लिएर चम्पट कसेका थिए। यसपछि १८ जुलाईको दिन मेडिकल आउट पोस्ट पुलिसमा लिखित अभियोग दर्ता गरेपछि जाँचमा जुटेको पुलिसले गत राति पतिरामजोत इलाकाबाट आरोपी दीपक दास उर्फ खेपालाई पक्राउ गरेको छ। यसको साथै पुलिसले हराएको सुनका गरगहनाहरू पनि उद्धार गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।










