चोरीको स्कुटरसहित एक जना पक्राउ

IMG-20241017-WA0179-copy

सिलगढी:  यसै महिनाको १५ तारिख सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना अन्तर्गत खोपरेल बजार क्षेत्रबाट राममुख शाहको स्कुटर चोरी भएको थियो। मतिगढा  पुलिस चौकीमा १६ तारिख लिखित उजुरी परेको थियो। स्कुटर चोरीको उजुरी प्राप्त हुनासाथ मतिगढा पुलिस चौकीको अपराध नियन्त्रण शाखाले घटनाको अनुसन्धान थालेको थियो।  पुलिसले विभिन्न स्रोतबाट स्कुटर बरामद गर्ने प्रयास गर्नुका साथै दोषीलाई पक्राउ गर्ने प्रयास गरेको थियो। अन्ततः सफलता हात परेको छ। मतिगढा पुलिस चौकीको अपराध नियन्त्रण महाशाखाले बुधबार राति चोरीको स्कुटरसहित एक जनलाई पक्राउ गर्न सफल भएको छ।  अभियुक्तको नाम राजेन रे बताइएको छ। आरोपी बागडोग्राका  बासिन्दा हुन्। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले गए राति खापरेल मोड क्षेत्रबाट चोरी भएको स्कुटर बरामद गरेको मतिगढा पुलिस चौकीले जनाएको छ। अभियुक्तलाई बिहीबार सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement