चोरीको आरोपमा एक महिला पक्राउ

IMG_20220918_195033.jpg

सिलगढी: सिलगढी मेट्रोपोलिटनको पानीट्याङ्की आउटपोस्ट पुलिसले एउटा घरमा चोरी भएको ६ दिनभित्रमा नै एउटी महिलालाई पक्राउ गरेको छ। पुलिसले रायगञ्जबाट चोरीको घटनामा सामेल एउटी महिलालाई पक्रेर सिलगढी ल्याइपुऱ्याएको छ। पुलिसद्वारा पक्राउ गरेकी महिलाको धेरैवटा नाम रहेको छ। तथापि पुलिस रिकर्ड अनुसार आरोपी महिलाको नाम बन्दना बर्मन उर्फ सीमा उर्फ मामुनी रहेको छ भने तिनी उत्तर दिनाजपुर जिल्ला अन्तर्गत रायगञ्ज निवासी हुन्। प्राप्त जानकारी अनुसार ११ सेप्टेम्बरमा मानव चक्रवर्तीको घरमा चोरी भएपछि तिनले गत १२ सेप्टेम्बरमा घटनाबारे पानीट्याङ्की आउट पोस्टमा एउटा लिखित अभियोग दर्ता गरेका थिए। तिनले घरमा काम गर्ने नोकरानी सीमा बर्मनले घरबाट नगद २ लाख ८९ हजार रुपियाँ, लगभग ८० भरी सुन र बहुमूल्य सर-समानहरू चोरी गरेको चम्पट कसेकोबारे अभियोगमा उल्लेख गरेका थिए। अभियोगको आधारमा पुलिसले सीमाको घरको पत्तो लगाएपछि पानीटङ्की आउटपोस्ट पुलिस हिजो रायगञ्ज पुगेर सीमालाई पक्राउ गरेर सिलगढी ल्याएपछि आज सिलगढी अदालतमा पेश गर्यो। आरोपी महिलालाई ८ दिनको पुलिस हिरासतमा राख्ने अदालतले निर्देश दिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement