इस्लामपुर: पुलिसले चार जनलाई लुटेको आरोपमा पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार इस्लामपुर शहरमा केही समयदेखि लुटपाटका धेरै घटना भइरहेका छन्। घटनाको अनुसन्धानपछि इस्लामपुर पुलिस चौकीले बिहीबार चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट पुलिसले चोरीका मोबाइल र अन्य सामान बरामद गरेको छ। आरोपीहरू इस्लामपुर पुलिस चौकी इलाकाका बासिन्दा रहेको बताइएको छ। शुक्रबार पुलिसले आरोपीलाई १० दिनको पुलिस हिरासतमा राख्न इस्लामपुर उपविभागीय अदालतमा निवेदन दिएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।










