४ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा शनिवार राति चेल्सी र टोटनह्याम हट्स्परले जीत हासिल गऱ्यो। यसबीच लिभरपूल र म्यानचेष्टर सिटी चाहिँ ड्र-मा अल्झियो। चेल्सीले आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ६९ प्रतिशत पोजेशनको साथ खेल्दै वेष्ट ह्यामलाई २-१-ले पराजित गऱ्यो। मिकेल एण्टोनियोले ६२औं मिनटमा वेष्ट ह्यामलाई बढ़त दिलाए तर बेन चिलवेलले ७६औं र काई हावेर्त्जले ८८औं मिनटमा गोल गरी चेल्सीलाई जीत दिलाए। यसरी नै टोटनह्यामले फूलहाम विरुद्ध २-१-ले जीत हासिल गऱ्यो।

विजेता टीमबाट पिएर-एमिल होजबर्गले ४०औं र ह्यारी केनले ७५औं मिनटमा गोल गरे। फूलहामबाट एलेक्साण्डर मित्रोविचले ८३औं मिनटमा गोल गरे। म्यानचेष्टर सिटीलाई चाहिँ एस्टन भिल्लाले १-१-को ड्र-मा रोक्यो। एर्लिंग हालाण्डले ५०औं मिनटमा सिटीलाई बढ़त दिलाए पनि लिओन बेलीले ७४औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। लिभरपूल पनि एभर्टन विरुद्ध गोलरहित (०-०) ड्र-मा अल्झियो।

ईपीएल टेबलमा अहिले आर्सनल ५ वटा म्याचमा १५ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि म्यानचेष्टर सिटी १४ पोइण्टको साथ दोस्रो, टोटनह्याम १४ पोइण्टको साथ तेस्रो, चेल्सी १० पोइण्टको साथ पाँचौं र लिभरपूल ९ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। यी सबै टीमले ६ वटा गरेर म्याच खेलेको छ।









