चुनावी रणनीतिकार प्रशान्त किशोरसँग शक्ति समूह टोलीको बैठक

IMG-20231206-WA0181.jpg

दार्जीलिङ: प्रख्यात चुनावी रणनीतिकार प्रशान्त किशोरसँग हाम्रो पार्टीको युवा एकाई हाम्रो युवा शक्ति समूहको टोलीले बैठक गरेका छन्। बिहारमा प्रशान्त किशोरसँग भएको बैठकमा हाम्रो पार्टीको युवा एकाई हाम्रो युवा शक्ति समुहको हाम्रो युवा शक्ति समुह अध्यक्ष राप्गे राई, संयोजिका नोरा सुब्बा, संजीप खत्री, नीमा शेर्पा र रिकजेन तामाङ उपस्थित थिए। आयोजित बैठकमा दार्जीलिङ पहाड, तराई डुवर्स, गोर्खा समुदायसँगसँगै देशको वर्तमान राजनैतिक स्थितिहरूमाथि गहन चर्चा परिचर्चा भएको युवा शक्ति समूहको अध्यक्ष राप्गे राईले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पार्टीको गठनकालदेखि नै युवावर्गलाई राजनीतिमा आउन प्रेरित गर्दै आईरहेका छन्। दार्जीलिङ पहाड तराई डुवर्स एंव गोर्खाहरूको सुन्दर भविष्य सुनिश्चित गर्न युवाहरू राजनीतिमा आउनैपर्छ भन्ने अध्यक्ष अजय एडवाडर्सले बताउने गरेको हाम्रो युवा शक्ति समूह अध्यक्ष राईले बताउँछन्।

तिनले भने, प्रख्यात चुनावी रणनीतिकार प्रशान्त किशोरसँगको बैठकमा हामीले धेरै कुराहरू सिक्ने मौका पायौं अध्यक्ष राईले भने। उनले अघि भने हामी गत दुई तीन दिन अघि मात्र बिहार आई पूटुगेका हौं। हिज मंगलबार प्रशान्त किशोरको एक कार्यक्रममा हामीले अंश गर्ने अवसर पायौं अनि त्यसै अवधि उनीसंटँग भेट्ने र परिचय साट्ने सुअवसर पायौं। आज मंगलबार हाम्रो प्रशान्त किशोरसँग एक घण्टाभन्दा धेर लामो समयसम्म बैठक भयो। आयोजित बैठकमा दार्जीलिङ पहाड तराई डुवर्स, गोर्खा समुदाय साथै देशको वर्तमान राजनैतिक स्थितिहरूमाथि गहन चर्चा परिचर्चा भएको राईले पुन: दोहोराए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अहिले दिल्लीमा छन्।

About Author

Advertisement