चुनावको भोलीपल्टदेखि नै हामी जनताको सेवामा लाग्ने छौ: अजय एडवार्डस

IMG-20220617-WA0112.jpg

दार्जीलिङ। जनताको अवस्था देख्दा मलाई नेता भन्न लाज लाग्छ यो मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडचवार्डसले पोखेको हो। तिनने सिटोङ लाटपन्चर समष्टिको हाम्रो पार्टी उम्मेद्वार तिमोती मुखियाँको पक्षमा भोट मांग्दै थिए। अध्यक्ष एडवार्डसले अघि भने विगत ३०-३५ सालदेखि पहाडको जनता जर्नादाहरूले भय,डर,सन्त्रास भोग्दै आइरहेको छ, हामी त्यहीबाट मुक्त गराउन आएका हौ। हामी यहाँ राजनीति गर्न आएको हौइनौ,जनताको सेवा गर्न आएको हो भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफुलाई नेता नभनी दिने पूनः दोहोराए। चुनाव आउँछ जान्छ तर हाम्रो पार्टीले मतदान भएको भोलीपल्टदेखि नै जनताको सेवा कार्यमा लागि पर्नेछ अध्यक्ष एडवार्डसले बताए। सिटोङ लाटपन्चर क्षेत्रमा प्रकृतिले बास गरेको छ,यहाँको हरियाली सून्दरताले कसैको पनि मन खिच्न सक्छ तर स्थानीय भाई वहिनीहरूले आफ्नो बल बुतामा यस क्षेत्रलाई पयर्टन स्थल बनाएको मैले देखे अध्यक्ष एडवार्डसले भने। तिनले अघि भने छुटटै राज्य गोर्खाल्याण्ड तपाई हाम्रो मुटुको ढुकढुकी हो, छुटटै राज्य गोर्खाल्याण्ड मांगको आन्दोलनमा धेरै शहीद भए तर अब शहीद हुनु हुँदैन। एकै जना शहीद बनाई छुटटै राज्य गोर्खाल्याण्डको लक्ष्य प्राप्त पर्छ अध्यक्ष एडवार्डसले भने।

विगतका ३०-३५ बर्षदेखि तपाई हामी झुक्कन्दै आइरहेका छौ तर अब झुकिनु हुँदैन। नेताको परिवार, नेतासँग टाँसिएर हिँड्नेहरूले नोकरी पाए,सवै थोक पाए तर शिक्षित बेरोजगार हाम्रो भाई वहिनीहरूले केही पाएनन। तपाईहरूको हक र अधिकारको लागि यो सुनौलो अवसर आएको छ भन्दै २६ जूनको दिन तोस रोटीको चिन्हमा तपाईहरूको बहुमूल्य भोट दिनु होस अध्यक्ष एडवार्डसले आहवान गऱ्यो।

About Author

Advertisement