चुनावको बेलामा मात्र होइन तर शीतकालीन सत्रमा सांसदले गोर्खाल्याण्डको प्राइवेट बील ल्याएको हुनुपर्छ: सुवास प्रधान

IMG-20251210-WA0153

खरसाङ: चुनावको समयमा मात्रै गोर्खाल्याण्ड भनेर हुँदैन तर दार्जिलिङका सांसद राजु विष्टले वर्तमानमा संसदमा चलिरहेको शीतकालीन अधिवेशनमा गोर्खाल्याण्डको प्राइवेट बील ल्याएको हुनुपर्छ र तेसो गरेको खण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उनलाई नै सघाउने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले भागोप्रमोको टेकलाई लिएर सोधेका थिए भन्दै यदि सांसदले संसदमा गोर्खाल्याण्डको लागि प्राइवेट बील ल्याएको खण्डमा आफुहरु पनि सांसदलाई सघाउने तर चुनावको समयमा मात्रै गोर्खाल्याण्ड भनेर हुँदैन भनी बताएका छन्। सुवास प्रधानले जसरी नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त गरेको समयमा सिक्किमकी तत्कालीन सांसद दिलकुमारी भण्डारीले सबै सांसदहरुलाई मनाएका थिए र सबै सांसदहरुसित लबी लाएर नेपाली भाषालाई मान्यता दिलाउन ठूलो भूमिका निर्वाह गरेकी थिइन् त्यसरी नै सांसद राजु विष्टले पनि गोर्खाल्याण्डको लागि सबै सांसदहरुसित लबी लगाउनुपर्छ भनी बताएका छन्। सुवास प्रधानले चुनावको माहोलसितै पहाडमा राजनीतिक दाउपेज शुरु भएको बताउँदै चुनावको माहोलमा नै अहिले इन्टरलोक्युटरको कुरा चर्चामा रहेको र सांसद राजु विष्टले सबै राजनीतिक दलहरु अनित थापाको पार्टीको टेक पनि के रहेको भनी प्रश्न गरेकोले उत्तर दिएको भनी बताएका छन्। उनले अनित थापाको पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको सदैव समर्थन गर्ने र कहिले पनि विरोध नगर्ने बताएका छन्‌। उनले चुनावको बेला मात्र गोर्खाल्याण्ड भनेर हुँदैन तर सांसदले हालमा चल्दै गरेको शीतकालीन सत्रमा गोर्खाल्याण्डको प्राइवेट बील लिएर आउनु पर्ने मांग गरेका छन्।‌ उनले भारतीय जनता पार्टीको इच्छा भए गोर्खाल्याण्ड दिन सक्छ तर इच्छा नै छैन अनि भाजपाको गोर्खाप्रति मनसाव नै छैन र भाजपा गोर्खाहरुप्रति इमान्दार छैन भनी आरोप लगाएका छन्। उनले पहाडमा भागोप्रमो‌ मात्र सत्तामा छैन तर पहाडबाट निर्वाचित भएर सांसद र विधायकहरु पनि गएका छन् उनीहरुले विकासको कार्य के गरेका छन् भनी प्रश्न उठाएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले पहाडमा भाजपाले श्रमिकहरुको दैनिक हाजिरा ८०० हुने भनेर झूट बोलिरहेको बताउँदै चुनावको समयमा देशको गृहमन्त्री अमीत शाहले दार्जिलिङमा‌ आएर श्रमिकहरुको दैनिक 350 हुने भनेर पनि अहिलेसम्म नभएको आरोप लगाएका छन्। सुवास प्रधानले २०१७ मा आन्दोलन बिथोल्ने अनित थापा होइन भन्दै आन्दोलनको समयमा शान्ति होस् भनेर गोरामुमोले कोलकातामा पत्रचार गरेको बताएका छन्। उनले अनित थापाले जनतालाई नढाँटीकन सरकारसित मिलेर पहाडमा शान्ति र विकासको कार्य गरिरहेको दावी गरेका छन्।

About Author

Advertisement