चुनावको तयारी गर्दै भागोप्रमोको‌ उम्मेद्वार अमर लामाले शुरु गरे पार्टी कार्यकर्ताहरुसित सभा

IMG-20260206-WA0092

२०२२ मा भागोप्रमो निर्वाचित भएर जीटीएमा आएपछि पहाड़मा थुप्रै विकासमूलक कार्यहरु गरिरहेको छ: अमर लामा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन टाउन कमिटीकोे तत्वधानमा खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्मका नेतृत्व अनि सदस्यहरुलाई विधानसभा चुनाव २०२६ मा खरसाङका उम्मेद्वारर एंव भागोप्रमो केन्द्रीय समितिका महासचिव अमर लामाकोे उपस्थितिमा सभा सम्पन्न भएको छ। उक्त सभाकाे अध्यक्षता खरसाङ टाउन कमिटीका उपाध्यक्ष सन्तोष परीले गरेका थिए भने मूल सचिव बीरबल पाख्रिनले सञ्चालन गरेका थिए। यस सभामा अमर लामालाई टोपी अनि खदा लागाएर जीतकोे अग्रिम शुभकामना दिइएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय समिति, महकुमा समिति, सभासद अनि २० वटै वार्डबाट प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा टाउन कमिटीका सांगठनिक सचिव मैत्र सेन शर्माले स्वागत भाषण राखेका थिए।‌ वक्तव्य दिने क्रममा खरसाङ टाउन कमिटीका युवा शक्तिको कार्यवाहक अध्यक्ष बन्धन लामा, खरसाङ, चिम्नी देउराली २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा, महकुमा नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, केन्द्रीय समिति सदस्य तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन, खरसाङ महकुमा समितिका अध्यक्ष एवं खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, मूल सचिव प्रणाम रसाइलीले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो केन्द्रिय समितिका महासचिव तथा खरसाङ निर्वाचन क्षेत्रका विधानसभा चुनाव २०२६ कोे उम्मेदवार अमर लामाले सभालाई सम्वोधन गर्दै प्रथममै भारतीय जनता पार्टीले तृणमूल कांग्रेसद्वारा विधानसभाकाे निम्ति २९४ सीटमा ३ वटा सिटको कुनै सरोकार नराखी २९१ वटा सीटको निम्ति तयार गरेकाे उम्मेदवारकोे सूचि अनि लक्ष्मी भण्डारमा कति पैसा बढाउने छ त्यो अघिबाटै हेर्नकोे निम्ति ईडी लगाएको जानकारी भर्खरै प्राप्त भएको र पश्चिम बंगाल सरकारद्वारा लक्ष्मी भण्डारमा पाँच सय रुपियाँ बडढाएको अनि बेरोजगार शिक्षित युवाहरुलाई महिनामा १५ सय रुपियाँ गरेर सहुलियत पश्चिम बङ्गालमा वसो बासो गर्ने सम्पर्ण नागरिकले पाउने जानकारी गराएका छन्। उनले राज्य सरकार अधीनस्थ कार्यरत कर्मचारीहरूले पाउने डीए सुप्रीम कोर्टले आगामी ३१ मार्चसम्म दिने निर्देश बमोजिम त्यो पनि लागु हुनेछ भनी बताएका छन्। अमर लामाले आशा राख्दै आफ्नो सम्वोधनमा भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २०२२ मा निर्वाचित भएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा आएपछि पहाड़मा थुप्रै विकासमूलक कार्य गर्दै आईरहेको छ र अझैं पनि हाम्रोमा डेढ वर्ष रहेको छ। विकास नभएको गाँउहरुमा पुग्ने छौँ। पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जसको हिसाब किताब देख्दैन तेस्तो एउटा अदृश्य कार्य शान्ति चैं हामीले राखेका छौं र शान्ति राख्दाकोे उपज के के हुन्छ त्यो जनता अघि छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चार वर्ष मात्रै पुगेकोे छ। हाम्रो प्रतिबद्धता चैं याे शान्तिलाई स्थायी राख्नु हो।’ केन्द्रीय अध्यक्ष अनित थापाको सन्दर्भमा बोल्दै उनले भने, अनित थापा सम्पूर्ण रूपमा मानवताले परिपूर्ण भएको ब्यक्ति हो।‌ उनको अनि मेरो राजनैतिक जीवन कति सफल भयाे त्यसको कसैले हिसाब किताब गर्दै होलान् तर हामी आफैमा चिन्तन् मनन गर्दा जनताकोे हितमा कार्य गर्दै आएकोले गर्दा सन्तुष्ट नै छौं। आज अनित थापा अनि हामीलाईलाई गाली गर्ने नराम्रो शब्द लाउने मान्छेहरुको शब्द कोशमा शब्द सकिसकेको छ होल। तर त्यहि मान्छेहरु जहाँ जाँदा पनि अनित थापालाई घेरेर बसेका हुन्छ। तर हामी केही भन्दैनौं। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ४५ वटै समष्टिमा संगठन भएको दरिलो पार्टी भएको हो। दार्जीलिङकाे क्षेत्रवाद कसैले बचाउँछ भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बचाउँछ। राज्य सरकारसंग सौहार्दपूर्ण सम्बन्ध राखेर पहाड़कोे जनताले भाजपालाई चार चारपल्ट लाेक सभा चुनावमा एमपी अनि दुईपल्ट एमएलए जिताएर पठाउँदा सोधेन। तर आज एसआईआर लगाएर दुःख दिइरहेको छ र यो दुःख पहाड़कोे जनताले बिर्सनु हुँदैन हुदैन। त्यहि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बगानकोे पीएफकोे निम्ति भनभान गरेर सहयोग गरिरहेको छ। आज भाजपाले एसआईआरबाट बंगालकोे एक करोड पच्चीस लाख नाम भोटर लिस्टबाट काटेर भोट जित्नु खोजीरहेको छ। जसमा दार्जीलिङ पहाड़कोे १० प्रतिसत छ। जिउँदो मान्छेकोे नाम मरेको बनाएर काटी दिन्दा त्यसलाइ लिएर ममता ब्यनर्जी दिल्ली गएर लडिरहेको छ जुन चाहि उसको मान्छेको लागि मात्र नभएर हाम्रो लागि पनि हो। किनभने भारत स्वतन्त्र भएपछि संविधानले कुनै पनि भेदभाव न राखी दिएको अधिकार हो।’
उनले हाम्रो जगामा इन्टरलोक्युटरकाे आवश्यकता न हुँदा पनि यसरी पठाएकोमा खेद प्रकट गर्दै पहाड़कोे राजनैतिक पार्टीहरूलाई पत्राचारकोे साटो यसरी किन फोन गरेर बोलाएको कुरामा प्रश्न उठाएका छन्। उनले खरसाङ विधानसभा क्षेत्रको हरेक बुथमा बुथ कमिटी गठन गरिदिने निवेदन गरेका छन्। सभामा केन्द्रित समिति का नेतृत्वगण महकुमा समितिका नेतृत्वगण सभासदसंगै महकुमा अनि टाउन कमिटीका प्यारेन्ट्स बडी, नारी शक्ति अनि युवा शक्तिका नेतृत्व अनि सदस्यहरु उपस्थित थिए।

About Author

Advertisement