सिक्किम: चुनाउ प्रक्रिया सम्वन्धी विभिन्न अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20240301-WA0216.jpg

मंगन: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ तयारीलाई लिएर मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतमा सेक्टर मेजिस्ट्रेट, फ्लाइङ स्क्वाड, स्टेटिक सर्विलेन्स टीम्स, एसिस्टेन्स एक्सपिन्डिचर अबजर्वर, भीडियो भीविङ टीम, माइक्रो अबजर्भर्स र एकाउन्टिङ टीम्सका अधिकारीहरूलाई लिएर एक दिवसीय प्रशिक्षण सभा आयोजना गरियो।

सभा पेन्टोकको जिल्ला प्रशासनिक केन्द्रको चुनाउ विभागको प्रेक्षागृहमा आयोजना गरियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले चुनाउ प्रक्रिया सम्बन्धी विभिन्न महत्वपूर्ण कार्यका बारेमा प्रशिक्षाणार्थीहरुलाई अवगत गराए। यस अवसरमा राज्यस्तरीय मास्टर ट्रेनर एवम् महकुमा अधिकारी किरण ठटालले अनुगमन टोलीहरूलाई नमूना आचार संहिता र मिडिया प्रमाणीकरण तथा अनुगमन समितिबारे जानकारी दिए।

दोस्रो सत्रको नेतृत्व पाल्देन लाचुङ्पा जिल्ला स्तरीय मास्टर ट्रेनर-सह-जिल्ला नागरिक आपूर्ति अधिकारीले गरेका थिए, जसमा उनले चुनाउमा हुने खर्च अनुगमन र मतदान दिनका कार्यक्रमहरू साथै व्यवस्थापन विषयबारे प्रकाश पारे।

About Author

Advertisement