चुनाउ आयोगका सचिव भोटियाले गरे स्ट्रङरूमको नरीक्षण

IMG-20221016-WA0312.jpg

गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न पञ्चायत चुनाउको निम्ति राज्य चुनाउ आयोगले युद्धस्तरमा तयारी गरिरहेको छ। यसै क्रममा आज राज्य चुनाउ आयोगका सचिव टीएन भोटियाले मंगन जिल्लाको जिल्ला पञ्चायत भवनको निरीक्षण गरे। जिल्ला भवनमा इलेकट्रोनिक भोटिङ मशिन (इभीएम) सुरक्षित राख्नको निम्ति स्ट्रङ रूम तयार गरिएको छ। इभीएम मशिन राखेको स्ट्रङ रूममा कुनै प्रकारको गडबढी नहोस् भन्ने ध्येय राखेर उनले निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा डीएसपी कर्मा छोडुप भोटिया, एसएचओ शेर बहादुर मंगर लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

Advertisement