चुङथुङ मेरीबुङ समष्टिमा हाम्रो पार्टीको समष्टि कमिटी गठ

IMG-20220916-WA0132.jpg

दार्जीलिङ: दार्जिलिङको चुङथुङ मेरीबुङ समष्टिमा हाम्रो पार्टीको समष्टि कमिटी गठन गरिएको छ। चुङथुङ मेरीबुङ समष्टिमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा पहाडको वर्तमान राजनैतिक स्थितिमाथि गहन चर्चा परिचर्चा भयो जसमा उपस्थित मानुभावहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डको सामाजिक कार्यहरूको प्रशंसा गर्दै हाम्रो पार्टीको चुङथुङ मेरीबुङ समष्टि कमिटी गठन गर्ने निर्णय लिएका छन्। उक्त सभामा सर्वसहमति अनुरूप सत्येन घलेलाई समष्टि अध्यक्ष चयन गरियो। त्यसरी नै महासचिवको पदमा विशाल दर्नाल, उपाध्यक्ष नरेन थापा, सह सचिव विनोद राई चयन गरियो।त्यसरी नै सल्लाकारहरूमा भाष्कर गिरी, अनिल छेत्री, सदेव राई, सोहन थापा, मिलन लकान्द्री, समीर थापालाई चयन गरिएको छ। त्यसै गरी कोषाध्यक्ष अर्जुन प्रधान र राजेन लिम्बुलाई चयन गरिएको छ भने कार्यकारिणी सदस्यहरूमा दिनेश शर्मा, उदीप छेत्री, राजेन गुरूङ, सरोज राई,राजेश गुरूङ, सुरेन शेर्पा, नर्देन तामासाङलाई चयन गरिएको छ। आयोजित सभामा चुङथुङ मेरीबुङ समष्टिको घर घरमा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डको कार्यहरूलाई पूराउने संकल्प लिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement