चुङथुङमा विभिन्न पार्टीहरू त्यागेर १०८ परिवारहरू भाजपामा सामेल भएको दाबी

IMG_20220904_213232.jpg

दार्जिलिङ: लोवर चुङथुङ १२ गोलाईस्थित सार्वजनिक भवनमा भाजपा दार्जिलिङ जिल्ला समितिको तत्वधानमा सदस्यता ग्रहण कार्यकम सम्पन्न भयो। यस कार्यकममा भाजपा पार्टी जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्ष एलएम लामा, कुमार चामलिङ, महसचिव सुजेन्द्र राई, सञ्जय विष्ट, सचिव राजु राई, अशिश वाङ्देल, युवा मोर्चा अध्यक्ष निरज राई एव्म अन्य जिल्ला समिति सदस्यहरुको उपस्थिति रहेको थियो।

यस कार्यकममा चुङथुङ मारेबुङ क्षेत्रका विभिन्न पार्टीको पदाधिकारी अनि कार्यकर्ताहरुले अन्य पार्टीको झण्डा त्याग गरी वीरेन्द्र तामाङ, विधान राई, चन्दन तामाङ, अशेश राई, प्रयोग राई, अनि शरद घिसिङको साथमा अन्य १०८ परिवारले भाजपाको झण्डा समात्दै पार्टीको सदस्यता पनि ग्रहण गरेका छन्।

About Author

Advertisement