नयाँ दिल्ली: चीनसित बातचितको टेबलमा अड़किएको लद्दाखको डेमचोक सेक्टरमा बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)ले रणनीतिक ‘लिकरू-मिग ला-फुकचे’ सड़कमा निर्माण कार्य शुरू गरेको छ। यो सड़क १९,४०० फुट उच्चता भएर गुज्रिनेछ र उमलिङ्ग ला चुचुरालाई पार गर्दै विश्वकै सबैभन्दा उच्च मोटरयोग्य सड़क बन्नेछ। यो सड़क चीन सीमामा वास्तविक नियन्त्रण रेखा (एलएसी)-देखि मात्र तीन किलोमीटर टाड़ा छ। सड़क निर्माणको कमान महिला इञ्जीनियरहरूको पाँच सदस्यीय टीमले कर्नल पोनुङ्ग डोमिङ्गको नेतृत्वम सम्हालिरहेको छ।
बीआरओसित सम्बन्धित अधिकारीहरूले बताए, नयाँ सड़क आफ्नो उच्चतम बिन्दुमा १९४०० फुटको उच्चतामा जानेछ। निर्माण भइसकेपछि यो सड़कले उमलिङ्ग ला चुचुरोलाई पार गर्दै दुनियाँकै सबैभन्दा उच्च मोटरयोग्य सड़क हुनेछ। वर्तमान दुनियाँको सबैभन्दा उच्च मोटरयोग्य सड़को निर्माम पनि बीआरओले नै गरेको छ।
दुई वर्षअघि बीआरओले १९.०२४ फुटको उच्चतामा लद्दाखको उमलिङ्ग लामा विश्वकै सबैभन्दा अग्लो मोटरयोग्य सड़कको निर्माण तथा ब्ल्याकटपिङ्ग गरेर विश्व रेकर्ड बनाएको थियो जसलाई तोड़्न स्वयं बीआरओ तयार भएको छ। विशेष गरी लिकारू-मिग ला-फुकचे सड़कको निर्माण बीआरओको एक महिला एकाईले शुरू गरेको छ। अधिकारीहरू अनुसार लिकारू-मिग ला-फुकचे सड़कको निर्माण यस्तो समयमा शुरू भएको छ जतिबेला लड़ाकू अभियानहरूलाई समर्थन गर्नको लागि लद्दाखको न्योमा उन्नत ल्याण्डिङ्ग ग्राउण्डलाई अपग्रेड गरिँदैछ। न्योमाको हवाईपट्टीलाई सेप्टेम्बर २००९ मा पुनः सक्रिय बनाइएको थियो। यो १९६२ सालको भारत-चीन युद्ध पश्चात दशकौंदेखि बन्द थियो। यसपूर्व भारतले नोभेम्बर २००८ मा १३ हजार फुटको उच्चतामा अवस्थित फुकचेमा एक हवाईपट्टीलाई पुन सक्रिय बनाएको थियो जसको चीनीयाँहरूले विरोध गरेका थिए। वास्तवमा १९६२ सालको भारत-चीन युद्धपछि दशकौंसम्म यस हवाईपट्टीलाई प्रयोग गर्न बन्द गरिएको थियो।









