चिल्ड्रेन होम एकेडेमीको वार्षिक खेलकुद दिवस २०२४ समपन्न

गोरुबथान(महेश्वर प्रधान): धर्मशाला, गोरुबथान चिल्ड्रेनस होम एकेडेमीले आफ्नो वार्षिक खेलकुद दिवस २०२४ आज भव्यरुपमा पान डाडा खेल मैदानमा विभिन्न कार्यक्रमहरुमाझ समपन्न गरेको छ। कार्यक्रममा मुख्य अतिथीको आसनमा प्रदिप गुरुङ आसिन थिए भने विशिष्ट अतिथिको रुपमा प्रेम कुमार मुखिया थिए।मुख्य अतिथीले मसाल बालेर कार्यक्रम शुभारम्भ गरे भने विद्यार्थी नानीहरुले विद्यालयको गीत र राष्ट्रिय गीत गाएका थिए। कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताहरु समावेस गरिएको थियो।१०० मिटर २०० मिटर र ५० मिटर दौडमा ससाना धावकहरुले भाग लिएका थिए।स्पुन रेस, सेक रेस, थ्रि लेगेड रेस, स्लिप दि बल रेस, क्रयाब रेस आदिमा ससाना नानीहरुको सहभागिताले कार्यक्रममा छुट्टै रौनकता छाएको थियो। विद्यालयकी शिक्षिका आकृति गुरुङले स्वागत भाषण राखेकी थिइन भने सम्पुर्ण कार्यक्रम महेश्वर प्रधानले सन्चालन गरेको थियो। कार्यक्रमको अन्तमा विजयी नानीहरुलाई अतिथिगणको बाहुलीबाट पारितोषिक र सर्टिफिकेट प्रदान गरे। अन्तमा विद्यालयको प्रधानाध्यापिका तथा संस्थापिका तारण लिम्बुले धन्यबाद ज्ञापन गरेर कार्यक्रम समापनको घोषणा गरिन्।

About Author

Advertisement